ad ad

ग्लोबल


इरानबाट ३ हजार अफगानी स्वदेश फर्किएको तालिबानको दाबी

इरानबाट ३ हजार अफगानी स्वदेश फर्किएको तालिबानको दाबी

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८० बिहिबार ७:१७, काठमाडौँ

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी स्वदेश फर्किएका छन्।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार एकैदिन ठूलो संख्यामा इरानमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएको दाबी गरिएको छ।

'इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् र शरणार्थी बनेर बसेका अरुलाई देशमा फर्काउने प्रक्रिया जारी छ,' विज्ञप्तिमा भनिएको छ।
  

झण्डै २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थी इरानमा र त्यति नै संख्यामा पाकिस्तानमा बसोबास गर्दछन्। 

अफगानिस्तान युद्ध र तालिवानले सत्ता सम्हालेपछि पनि सुरक्षाको समस्या देखाउँदै ठूलो सङ्ख्यामा अफगानी नागरिक विदेश पलायन भएका छन्। 

अफगानिस्तानको कामचलाउ तालिबान सरकारले विदेशमा रहेका अफगानी शरणार्थीहरूलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा योगदान गर्न आह्वान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .