भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले टाउकाको मूल्य डेढ करोड तोकेका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय तथा पोलिटब्युरो सदस्य कट्टम सुदर्शनको निधन भएको छ।
भारतीय माओवादीका केन्द्रीय प्रवक्ता अभयले विज्ञप्ति जारी गरी हृदयाघातका कारण आफ्ना नेता सुदर्शनको निधन भएको जानकारी दिएका हुन्।
भाकपा माओवादीमा दोस्रो वरीयताका नेता कट्टम सुदर्शनलाई पार्टीभित्र आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकम, सुदर्शन, रमेश, महेश र एएनका नामले पनि चिनिन्छ।
तेलंगानाको आदिलाबाद निवासी करिब ६६ वर्षीय कट्टम सुदर्शनलाई देशका धेरै भागमा माओवादी आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ।
प्रहरीका अनुसार सन् १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनविरुद्ध छत्तीसगढका भाजपा विधायक भीमा मांडवीको हत्यामा पनि संलग्नता रहेको आरोप छ। बीबीसी हिन्दी
Shares
प्रतिक्रिया