ad ad

ग्लोबल


ओडिशा रेल दुर्घटना : अझै १०५ मृतकको पहिचान भएन

ओडिशा रेल दुर्घटना : अझै १०५ मृतकको पहिचान भएन

चिन्तामा पीडित परिवार


नेपालखबर
जेठ २२, २०८० सोमबार १३:५७, काठमाडौँ

भारतको ओडिशा राज्यअन्तर्गत बालासोरमा शुक्रबार भएको तीन रेल दुर्घटनामा मृत्यु भएका २ सय ७५ जनामध्ये अहिलेसम्म १७० शवको मात्रै पहिचान भएको छ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार मृतकमध्ये बालासोर र भुवनेश्वरमा ८५/८५ वटा शवको मात्रै पहिचान भएको हो।

पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाइएको उनले बताए।

बीबीसी हिन्दीका अनुसार दुर्घटनामा ज्यान गुमाउने १०५ जनाको अझै सनाखत हुन सकेको छैन।

पहिले रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको भनिए पनि पछि संख्या सच्याइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .