ad ad

ग्लोबल


भारी वर्षापछिको बाढीले मध्य-जापानमा ३ जनाको मृत्यु, ९ सय ९० घरमा क्षति

भारी वर्षापछिको बाढीले मध्य-जापानमा ३ जनाको मृत्यु, ९ सय ९० घरमा क्षति

नेपालखबर
जेठ २३, २०८० मंगलबार ६:५९, काठमाडौँ

जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ।

करिब ९ सय ९० घरमा क्षति पुगेको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। पुनर्स्थापना कार्य अझै जारी छ।

यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ।

उनको शव आइतबार शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो। योसँगै बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो। त्यसैगरी बाढीमा परेका घरको सङ्ख्या आइचीमा दुई सय ७३ र सिजुओकामा सात सय १७ पुगेको छ।

स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .