यही जुन १६ तारिख राति भारतको राजस्थान प्रवेश गरेको बिपरजोय चक्रवातका कारण भएको भीषण वर्षाका कारण धेरै जिल्ला बाढीमय भएका छन्।

तीन दिनदेखि लगातार वर्षाका कारण पश्चिम राजस्थान बढी प्रभावित भएको छ। बारमेर, जोधपुर, जालोर, सिरोही, पाली, अजमेरलगायत धेरै जिल्लामा अहिलेसम्मकै रेकर्ड तोड्नेगरी वर्षा भएको छ। मिडिया रिपोर्टका अनुसार राज्यभर आठ जनाको मृत्यु भएको छ।
जमेरमा भारी वर्षाका कारण सडकमा सवारीसाधन तैरिरहेको देखिएको छ।
अहिले पश्चिमी राजस्थानमा आँधीको प्रभाव कम हुँदै गएको देखिन्छ।
मौसम विज्ञान केन्द्र (जयपुर) ले मंगलबार पूर्वी राजस्थानको लागि अलर्ट जारी गरेको बीबीसी हिन्दीले जनाएको छ।
ढोलपुर जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरिएको छ। करौली, भरतपुरमा ओरेन्ज अलर्ट र बारान, कोटा, बुन्दी, जयपुर, चित्तौडगढमा एल्लो अलर्ट जारी गरिएको छ।
Shares

प्रतिक्रिया