भारतको त्रिपुरास्थित उनाकोटी जिल्लामा बुधबार साँझ इस्कन मन्दिरबाट निकालिएको जगन्नाथ यात्राको रथ हाइटेन्सन तारमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका छन्। रथयात्रामा १८ जना जलेका थिए। उनीहरूलाई अस्पताल भर्ना गरिएकोमा अवस्था गम्भीर रहेको बताइएको छ।
७ जनाको मृत्यु पुष्टि भए पनि त्यहाँ मृत्यु हुनेको संख्या अझै धेरै रहेको दावी सामाजिक सञ्जालमा गरिएको छ। यद्यपि थपको मृत्युबारे आधिकारिक पुष्टि हुन सकेको छैन।
प्रहरीका अनुसार उल्ता रथयात्रा पर्वका क्रममा बुधबार दिउँसो ४:३० बजे कुमारघाटमा उक्त घटना भएको हो। फलामको रथलाई भक्तहरूले तानिरहेको बेला १३३ केभी ओभरहेड केबलसँग रथ ठोक्किएको थियो।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।
54
Shares

प्रतिक्रिया