एसियाली विकास बैङ्क (एडिबी) ले बंगलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ।
मनिलास्थित बैंकले ‘शहरी सुशासन र पूर्वाधारमा सुधार’ कार्यक्रमको उद्देश्य सहरी प्रशासनलाई सुदृढ पार्नु र नगरपालिका सेवाहरूको सुधारिएको सेवा वितरणका लागि पूँजी लगानी प्रदान गर्नु रहेको जनाएको छ।
एडिबीले यो ऋणले सहरी सुशासन सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गर्न तथा अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई डिजिटल प्रणालीमा लान सहयोग पुग्ने जनाएको छ।
यस ऋणले महिलाको नेतृत्वदायी भूमिकालाई बढावा दिन, महिला तथा जोखिममा परेकाहरूको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न, बजेट विनियोजनमार्फत समानताको खोजी गर्न योगदान गर्ने बताइएको छ।
ऋण सहयोगले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न, सामाजिक रूपमा समावेशी सार्वजनिक स्थान र सुविधाहरूमा दिशानिर्देशहरू अपनाउने विशिष्ट कार्यहरूमा योगदान गर्ने एडिबीले जनाएको छ।
Shares

प्रतिक्रिया