ग्लोबल


प्रिगोजिनको निधनमा अमेरिकी राष्ट्रपतिले भने : यो खबर सुनेर म आश्चर्यचकित भएको छैन

प्रिगोजिनको निधनमा अमेरिकी राष्ट्रपतिले भने : यो खबर सुनेर म आश्चर्यचकित भएको छैन

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १३:१५, काठमाडौँ

रसियाको निजी लडाकु समूह वाग्नर प्रमुख यवगेनी प्रिगोजिन बिहीबार मस्कोमा भएको विमान दुर्घटनामा मारिएका छन्। 

युक्रेनविरुद्धको लडाइँमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका उनले अन्तत: रहस्यमय जहाज दुर्घटनामा ज्यान गुमाए। 

प्रिगोजिनको निधनलाई लिएर विश्वभरबाट फरक फरक प्रतिक्रिया आइरहेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेले प्रिगोजिनको निधनको खबर सुनेर आफू सरप्राइज नभएको बताएका छन्। 

‘मलाई थाहा छैन, भएको के हो? तर म यस खबरबाट आश्चर्यचकित भएको छैन। रूसमा शायदै यस्तो केही हुन्छ, जसको पछि पुटिनको हात नहोस्। तर पनि यस मामिलामा म पहिले सबै विवरण बुझिसकेपछि मात्रै म जवाफ दिन सक्छु।’

उता युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका सहयोगी मिखाइलो पोडल्यकले क्रेमलिनको वफादार नहुँदाको परिणाम प्रिगोजिनले पनि भोग्न बाध्य भएको बताए। 

‘क्रेमलिनको वफादार नहुँदाको परिणाम कस्तो हुन्छ भन्ने यो एउटा प्रमाण हो’, उनले भनेका छन्, ‘सन् २०२४ को चुनावअगाडि पुटिनले यदि आफ्नोविरुद्ध कोही उभिन्छ भने उसको हालत के हुन्छ भन्ने सन्देश यस घटनाबाट दिएका छन्। पुटिनको विरोधमा उत्रिनेलाई मारिदिन्छन् भन्ने पुष्टि यसले गरेको छ।’

पोल्यान्डका विदेश मन्त्री ज्बिग्निऊ राउले जो पनि पुटिनको सत्तालाई खतरा पुर्‍याउँछन् उनीहरुको मृत्यु प्राकृतिक नहुने उदाहरण प्रिगोजिन प्रकरणबाट पुष्टि भएको बताएका छन्। 

गोजिनले गत जुनमा पुटिनविरुद्ध विद्रोह गरेका थिए। त्यसपछि उनी बेलारूस गएका थिए। तर उनी बेलारुसबाट रुस कसरी फेरि आए भन्ने खुलेको छैन। एक रूसी अधिकारीले स्काई न्युजलाई बताएअनुसार दुर्घटनाको जाँच सुरु भएको छ। दुई दिनअघि मात्रै प्रिगोजिनको एउटा भिडिओ सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad