चार वर्षअघि न्युजिल्यान्डको ह्वाइट आइल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा २२ जनाको मृत्यु भएको घटनामा त्यहाँको एक कम्पनीलाई दोषी ठहर गरिएको छ।
वकारी म्यानेजमेन्ट लिमिटेड नामको यो कम्पनीलाई वर्कसेफ न्युजिल्यान्ड नामक नियामक निकायले उक्त घटनामा १५ लाख न्युजिल्यान्ड डलर अर्थात् ११ करोड ६२ लाखभन्दा बढी नेपाली रुपैयाँ जरिवाना गरेको हो।
न्यायाधीश इभान्जेलोस थोमसले उक्त टापुमा यात्रा गराउने अधिकार पाएको उक्त कम्पनीको आलोचना गर्दै दुर्घटनालाई ‘आश्चर्यजनक असफलता’ भएको बताए।
नियामकले गरेको यो कारबाही न्युजिल्यान्डको इतिहासमै सबैभन्दा ठूलो मुद्दा भएको बीबीसीले उल्लेख गरेको छ।
यो दुर्घटना डिसेम्बर २०१९ मा भएको थियो। जसमा परी मृत्यु भएकामा १७ जना अस्ट्रेलियाका थिए भने तीनजना अमेरिकी नागरिक थिए। सो यात्रामा रहेका बाँकी २५ यात्रु घाइते भएका थिए।
वास्तवमा, यो विस्फोट हुनुभन्दा केही साताअघि त्यो ज्वालामुखीमा भौगोलिक गतिविधि बढेको थियो। यो देशको सबैभन्दा सक्रिय ज्वालामुखी हो।
Shares

प्रतिक्रिया