ग्लोबल


१३ इजरायलीलाई छाड्यो हमासले, १२ थाई नागरिकलाई पनि रिहा गर्ने

१३ इजरायलीलाई छाड्यो हमासले, १२ थाई नागरिकलाई पनि रिहा गर्ने

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार २१:१२,

हमासले १३ जना इजरायली बन्धकलाई इजिप्टमा छाडिदिएको एक इजरायली अधिकारीले शुक्रबार बताएका छन्। हमास र इजरायलबीच युद्धविराम सुरु भएसँगै उनीहरुलाई छाडिएको हो।

इजरायलीहरुको यो समूह इजरायल प्रवेश गर्न भने बाँकी रहेको ती अधिकारीले बताएका छन्। 

त्यस्तै हमासले १२ जना थाई नागरिकलाई पनि बन्धनमुक्त गर्ने बताइएको छ। उनीहरुलाई राफा नाकाबाट इजिप्टतर्फ पठाइने इजिप्टका अधिकारीहरुले बताएका छन्।

शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको हो। यो युद्धविराम कतारको मध्यस्थतामा भएको हो। 

सहमतिअनुसार यो युद्धविराम अवधिमा हमासको बन्धनमा रहेका ५० महिला र बालबालिका तथा इजरायलको जेलमा रहेका डेढ सय महिला तथा बालबालिका छुट्ने छन्।

पहिले इजरायलले राहत सामग्री गाजा प्रवेश गर्न दिने, त्यसपछि हमासले बन्धक छाड्ने र इजरायलले कैदी छाड्नेगरी सहमति भएको हो। चार दिनसम्म यही क्रम दोहोरिरहनेछ।

१३ इजरायलीको बदला इजरायले ३९ प्यालेस्टाइनी महिला तथा बालबालिका छाड्नेछ। फाइनान्सियल टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .