ग्लोबल


दक्षिण कोरियाली नेताको घाँटीमा धसेका थिए आक्रमणकारीले छुरा, डेढ सेन्टिमिटरको चोट (भिडिओ)

दक्षिण कोरियाली नेताको घाँटीमा धसेका थिए आक्रमणकारीले छुरा, डेढ सेन्टिमिटरको चोट (भिडिओ)

पत्रकार सम्मेलनका क्रममा नेता ली (तस्बिर : बीबीसी)


नेपालखबर
पुस १८, २०८० बुधबार १२:२४,

दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे म्युङलाई दक्षिणपूर्वी सहर बुसानको भ्रमणका क्रममा मंगलबार एक व्यक्तिले छुरा हानेका छन्।

६० वर्षका ती व्यक्तिले लीको घाँटीमा छुरा प्रहार गरेका थिए। आक्रमणबाट लीको घाँटीमा करिब डेढ सेन्टिमिटरको चोट लागेको बताइएको छ।

स्थानीय समय अनुसार बिहान १०ः२७ बजे बुसानको नयाँ विमानस्थल निर्माणस्थलको भ्रमण गरिसकेपछि पत्रकार सम्मेलनका क्रममा लीको देब्रेपट्टि घाँटीमा छुरा प्रहार भएको थियो।

बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकोप्टरबाट सियोलको अस्पतालमा लगिएको छ।

भिडिओ फुटेजमा आक्रमणकारी अटोग्राफ माग्दै लीको नजिक गएको र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ।

उपनाम किम भएका ती आक्रमणकारीले डेमोक्रेटिक पार्टीका नेतालाई मार्ने मनसाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले प्रहरी र सम्बन्धित अधिकारीलाई छिटो सत्यतथ्य पत्ता लगाउन र लीको उपचारमा हरसम्भव प्रयास गर्न आदेश दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। - एजेन्सी

पत्रकार सम्मेलनका क्रममा लीलाई छुरा हानिएको क्षण हेर्नुस् भिडिओमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad