बिहीबार अपरान्ह अफनिस्तानको हिन्दू कुश इलाकालाई केन्द्रबिन्दु बनाउँदै ६.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ।
युरोपियन मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार यो भूकम्प पृथ्वीको सतहबाट २०१ किलोमिटर तल गएको हो।
यो भूकम्पको झट्का भारत र पाकिस्तानमा पनि महसुस भएको छ। दिल्ली-एनसीआरसमेत उत्तर भारतका कयौँ स्थानमा यो भूकम्पको धक्का महसुस भएको छ।
पाकिस्तान मौसम विभागका अनुसार स्थानीय समयअनुसार २ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
अफगानिस्तानमा गत वर्ष अक्टोबरदेखियता दुई पटक ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भइसकेको छ।
282
Shares

प्रतिक्रिया