समाज


‘ए, बी, सी, डी नजान्दा साउदी अरबमा नेपालीले कुटाइ खाए’

‘ए, बी, सी, डी नजान्दा साउदी अरबमा नेपालीले कुटाइ खाए’

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १८:३०, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षाको कमी नेपाली श्रमिकले विदेशमा दु:ख पाउने गरेको बताएका छन्।

पर्याप्त शिक्षा अभावमा वैदेशिक रोजगारीमा रहेका नेपालीले अनेक समस्या भोग्नुपरेको उनले बताए। 

बिहीबार प्रतिनिधिसभाअन्तर्गत उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोगेका जटिलताबारे सांसदहरूलाई बताएका हुन्।

भण्डारीले ए, बी, सी, डीसमेत नचिनेका कारण विदेशमा नेपाली श्रमिकले कुटाइ खानुपरेको तीतो अनुभव पनि बैठकमा सुनाए। 

‘ए, बी, सी, डी नै नचिनेका कारण साउदी अरबमा कार्यरत नेपाली कामदारले कुटाइ खाए’, उनले भने, ‘गोदाममा काम गर्ने नेपाली कामदार हुन्। उनीहरूले ए, बी, सी, डी लेखेको कार्टुन नचिन्दा कुटाइ खानुपर्‍यो। यसकारण पनि विदेश जानुअघि सामान्य अंग्रेजी ज्ञान चाहिन्छ।’

उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा र सीप सिकाएर श्रमिक पठाउन राजदूतहरूबाट आग्रह आएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad