गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन्। पोखरामा बिहीबार भएको भेलाले विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ।
समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा छन्।
मञ्चको अर्को भेला प्रदेश सभा स्थापनाको दिन माघ २२ गते प्रदेश सभा परिसरमा बस्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ।
पूर्वसांसद ओमकला गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशबासीको हक हित प्रवर्द्धन मञ्च गठन गरिएको बताइन्।
Shares

प्रतिक्रिया