गण्डकीको भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका नवलपरासी २ बाट विजयी सांसद मनिष खनालले सर्वाधिक मत प्राप्त गरेका छन्।
कुल २६ जना मैदानमा उत्रेको गण्डकीको भूगोलतर्फ उनले सर्वाधिक १ हजार १२ मत पाउँदा दोस्रोमा पोखराकी पवित्रा थापाले १ हजार ४ मत ल्याएकी छन्। यी दुवै प्रधानमन्त्री बालेन्द्र शाहनिकट मानिन्छन् । यसमा प्रवासतर्फको मत समावेश छैन।
यस्तै तनहुँ क्षेत्र नम्बर २ बाट सांसद बनेका इञ्जिनियर श्रीराम न्यौपाने ६ सय ४९ मत पाएका छन्। उनी सभापति रवि र स्वर्णिम वाग्लेबीच मिलन गराउने पात्रको रुपमा चिनिन्छन्। यस्तै जीवनकुमार श्रेष्ठले ६५९ मत प्राप्त गरेका छन्।
1.7k
Shares

प्रतिक्रिया