ad ad

ग्लोबल


पुटिनले किम जोङ उनलाई दिए यस्तो लक्जरी कार उपहार

पुटिनले किम जोङ उनलाई दिए यस्तो लक्जरी कार उपहार

नेपालखबर
फागुन ८, २०८० मंगलबार १७:३४,

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका नेता किम जोङ उनलाई लक्जरी कार उपहार दिएका छन्।

आइतबार किमका सहयोगीहरुलाई यो लिमोजिन हस्तान्तरण गरिएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले पनि उपहार हस्तान्तरण गरेको पुष्टि गरे।

यो रुसमै निर्मित ओरस लक्जरी सेडान भएको उनले बताए। पुटिन आफैँ पनि यस्तै कारमा चढ्छन्।

पछिल्लो समय यी दुई मुलुकबीचको निकटता बढ्दै गएको छ। 

गत सेप्टेम्बरमा मात्र पुटिनले किमलाई रुसको सुदूरपूर्वमा स्वागत गरेका थिए।

सो भ्रमणका क्रममा किमले पुटिन सवार ओरस लिमोजिनको निरीक्षण गरेका थिए। पुटिनले उनलाई कारभित्र समेत निम्त्याएका थिए।

किमकी बहिनी किम यो जोङले यो उपहारले दुई शीर्ष नेताबीचको निकट सम्बन्धलाई देखाएको बताएकी छन्।

दक्षिण कोरियाली विदेश मन्त्रालयले भने यो उपहारले राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .