अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी जेलमा निधन भएका विपक्षी नेता अलेक्सी नभाल्नीकी पत्नी र छोरीसँग भेट गरेका छन्। सो भेट क्यालिफोर्नियामा भएको हो।
पत्नी युलिया र छोरी दासा नभाल्नायासँग भेटेपछि बाइडेनले नभाल्नीको विरासत उनीहरुमा जीवित रहिरहने उल्लेख गरेका छन्।
आर्कटिकस्थित जेलमा हिँडिरहेका बेला नभाल्नीको अचानक मृत्यु भएको जेल प्रशासनले जनाएको छ।
तर, सरकारले उनको हत्या गरेको युलियाको आरोप छ।
ह्वाइट हाउसले सार्वजनिक गरेको तस्बिरमा बाइडेनले उनीहरुसँग कुरा गरिरहेको देख्न सकिन्छ।
त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले नभाल्नायाले ‘लडाइँ जारी राख्ने र उनले हार नमान्ने’ बताए। एजेन्सी
यो पनि :
जेलमै पतिको मृत्युपछि पुटिनविरुद्धको लडाइँ अघि बढाउन कस्सिएकी युलिया
180
Shares
प्रतिक्रिया