ad ad

समाज


अपरिचित महिलाले बोकिदिन्छु भनेर लगेकी थिइन् शिशुलाई

अपरिचित महिलाले बोकिदिन्छु भनेर लगेकी थिइन् शिशुलाई

बच्चा लिएर हिँडिरहेकी महिलाको सीसीटीभी फुटेजको दृश्य


राधिका अधिकारी
फागुन ११, २०८० शुक्रबार १७:१८, काठमाडौँ

काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी छन्।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको समयमा उपचारका लागि लाइनमा उभिएकी अपरिचित महिलाले २६ दिने छोरी लिएर बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको छ।

ती महिलाले लाइनमा उभिएका बेला बोकिदिन्छु भनेर शिशुलाई लिएकी थिइन्।

२६ दिने शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका-१२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्। 

जन्डिसकी बिरामी शिशुको उपचारका लागि अस्पताल आइपुगेका देउरानी-जेठानी डाक्टरको पालो कुर्ने लाइनमा थिए।

त्यही बेला लाइनमै रहेकी अर्की महिलाले म बोकिदिन्छु भनेपछि आमाले दिएकी थिइन्। त्यसपछि उनी शिशुसहित गायब भएकी हुन्। 

‘लाइनमा कोही अपरिचितले बोकिदिन्छु भन्यो। त्यसपछि कता लग्यो थाहा छैन’, प्रत्यक्षदर्शीले नेपालखबरसँग भने, ‘नाबालिका हराएको बिहान ११:५५ बजे हो।’ 

सविनाले २६ दिनअघि छोरीलाई थापाथलीस्थित प्रसूति अस्पतालमै शल्यक्रिया गर‍ेर जन्माएकी थिइन्। लगातार उपचारमा रहेका उनीहरूले तीन दिनअघि मात्रै शिशु घर लगेका थिए।  

जन्डिसकै फलोअपमा उनीहरू अस्पताल आएका थिए। सविनाले अघिल्लो वर्षको माघमा पुजन श्रेष्ठसँग बिहे गरेकी थिइन्। 

शिशु हराएपछि उनीहरूले खोजीका लागि प्रहरीलाई खबर गरेका छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ। छोरी हराएपछि अहिले आमा सविना बोल्न सक्ने अवस्थामा छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .