ad ad

ग्लोबल


हरियाणा : भाजपाका खट्टरले दिए राजीनामा, नयाँ मुख्यमन्त्रीमा नायब सैनी

हरियाणा : भाजपाका खट्टरले दिए राजीनामा, नयाँ मुख्यमन्त्रीमा नायब सैनी

नेपालखबर
फागुन २९, २०८० मंगलबार १६:४५,

भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहर लाल खट्टरले राजीनामा दिएका छन्। उनको क्याबिनेटले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री चुन्ने प्रक्रिया सुरु भएको छ।

भारतीय जनता पार्टीको हरियाणा विधान सभा संसदीय दलको नेतामा नायब सैनी निर्वाचित भएका छन्। उनी मुख्यमन्त्री बन्ने बताइएको छ।

मंगलबार नै उनले शपथ लिने कार्यक्रम छ।

मंगलबार नै खट्टरले दिएको राजीनामा राज्यपा बन्डारु दत्तात्रेयले स्वीकार गरेका थिए। 

हरियाणामा भाजपा र दुष्यन्त चौटालको जननायक जनता पार्टीको सत्ता थियो। चौटाल उपमुख्यमन्त्री थिए। यी दुई दलको गठबन्धन टुट्ने बताइएको छ।

त्यसपछि खट्टरले राजीनामा दिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .