ग्लोबल


पानीजहाजको ठक्करले भत्कियो बाल्टिमोरको पुल, ७ जना मानिस पानीमा खसे

पानीजहाजको ठक्करले भत्कियो बाल्टिमोरको पुल, ७ जना मानिस पानीमा खसे

फाइल फोटो


नेपालखबर
चैत १३, २०८० मंगलबार १३:४३,

अमेरिकाको बाल्टिमोर सहरमा एउटा प्रमुख पुलमा कार्गो पानीजहाजले ठक्कर दिएको छ। जसका कारण पुल आंशिक रुपमा भत्किएको सरकारी अधिकारीहरुले बताएका छन्।

फ्रान्सिस स्कट की ब्रिजमा मंगलबार सबेरै यस्तो घटना भएको हो। यो पुल १.६ माइल लामो छ।

तट रक्षकहरुले राति १ः२७ मा पुलमा जहाज ठोक्किएको खबर पाएका थिए। 

बाल्टिमोर प्रहरीले पनि पुल भत्किएको खबरको पुष्टि गरेको छ। 

तर, यसबाट भएको क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन। कम्तीमा सात जना मानिस र केही सवारी पानीमा खसेको बताइएको छ। मानिसहरुको उद्धारको प्रयास भइरहेको जनाइएको छ। 

यो पुल १९७७ मा बनेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .