फिफा विश्वकप-२०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले केपभर्डविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ।
३-२ को यो जितसँगै विश्वकपको साविक विजेता अर्जेन्टिना जारी विश्वकपको राउन्ड अफ १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पूर्ण नतिजा आएको हो। निकै रोमाञ्चक खेलमा ३-२ को गोल अन्तरमा अर्जेन्टिनाले केपभर्डविरुद्ध संघर्षपूर्ण जित निकालेको हो।
अमेरिकाको मियामी स्टेडियममा भएको खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए। अर्जेन्टिनाले खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो। तर खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए।
खेलको निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले अग्रता लियो।
अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरे। त्यसपपछि थप गरिएको अतिरित्त समयको ११औँ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए।
तर खेलको १११औँ मिनेटमा केप भर्डेका खेलाडी डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको हो।
पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डे फिफा विश्वकप-२०२६ को नकआउटमा पुगेर इतिहास रचेको छ।
उसले समूह चरणका तीनै खेलमा सानदार प्रदर्शन गरेको थियो। केपभर्डसँगै जारी विश्वकपमा डेब्यु गरेका कुराकाओ, जोर्डन र उज्वेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्।
यसअघि गएराति अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ।
केप भर्डेलाई पराजित गर्दै जारी विश्वकपको अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले अब क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग खेल्नेछ।
















Shares

प्रतिक्रिया