ग्लोबल


शरण लिएका नेता दूतावासभित्रै पसेर पक्रेपछि मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध

शरण लिएका नेता दूतावासभित्रै पसेर पक्रेपछि मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध

नेपालखबर
चैत २४, २०८० शनिबार १७:१८,

मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। इक्वेडरको प्रहरीले राजधानी क्विटोस्थित मेक्सिकन दूतावासमा शरण लिएका पूर्व उपराष्ट्रपति होर्खे ग्लासलाई पक्राउ गरेको थियो।

भ्रष्टाचार आरोप लागेका ग्लास गत डिसेम्बरदेखि त्यहाँ थिए। 

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले प्रहरी दूतावासमा जबर्जस्ती पसेको बताएका छन्। यो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको उनको भनाइ छ।

ग्लास २०१३ देखि २०१७ सम्म इक्वेडरको उपराष्ट्रपति थिए। भ्रष्टाचारको आरोप थपिँदै गएपछि उनलाई हटाइएको थियो।

पछि उनलाई दोषी ठहर गर्दै ६ वर्ष जेल सजाय तोकियो। गत नोभेम्बरमा उनी रिहा भएका थिए।

तर, सरकारले तुरुन्त उनलाई अर्को पक्राउ पुर्जी जारी गर्‍यो। त्यसपछि उनले दूतावासमा शरण लिएका थिए।

शुक्रबार मेक्सिकोले विस्तृत अनुसन्धानपछि ग्लासलाई राजनीतिक शरण दिइएको बताएको थियो।

उनको गिरफ्तारीपछि मेक्सिकोका राष्ट्रपतिले ओब्राडोरले तत्काल कूटनीतिक सम्बन्ध तोड्न आदेश दिएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .