राजनीति


कार्यकर्तालाई देउवाको निर्देशन– अबको चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्नू

कार्यकर्तालाई देउवाको निर्देशन– अबको चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्नू

नेपालखबर
चैत २४, २०८० शनिबार १७:३६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गररे। 

आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरु एक भएर लाग्नुपर्छ। आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’, उनले भने, ‘घात अन्र्तघात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ।’

त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए। 

‘नेपाली कांग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भइ काम गर्नका लागि स्थिरता र विकासको बोटो खोज्नु आवश्यक छ’, उनले भने, ‘आर्थिक वृद्धिसहित समानतामुलक समाज निर्माण गर्ने हाम्रो सङ्कल्प हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .