ad ad

ग्लोबल


भारत र चीनले सीमा समस्या तुरुन्त सम्बोधन गर्नुपर्छ : मोदी

भारत र चीनले सीमा समस्या तुरुन्त सम्बोधन गर्नुपर्छ : मोदी

नेपालखबर
चैत २९, २०८० बिहिबार १६:८,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनले सीमा समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। 

न्युजविकलाई दिएको अन्तर्वार्तामा मोदीले यी दुई मुलुकबीचको सम्बन्ध यो क्षेत्र र  विश्वकै लागि महत्वपूर्ण रहेको बताएका छन्।

‘भारतका लागि चीनसँगको सम्बन्ध महत्त्वपूर्ण छ। मेरो के विश्वास छ भने हामीले हाम्रो सीमामा लामो समयदेखि रहेको अवस्थालाई तुरुन्त सम्बोधन गर्न आवश्यक छ। ताकि हाम्रो द्विपक्षीय कुराकानीमा रहेको असमान्यतालाई पछाडि छाड्न सकियोस्,’ मोदीले भनेका छन्।

‘भारत र चीनबीचको स्थिर र शान्तिपूर्ण सम्बन्ध हाम्रो दुई मुलुकका लागि मात्र होइन, समग्र क्षेत्र र विश्वकै लागि महत्त्वपूर्ण छ,’ मोदी भन्छन्, ‘मलाई आशा र विश्वास छ, कूटनीतिक र सैन्य तहका सकारात्मक र रचानात्मक द्विपक्षीय संवादका माध्यमले हामी हाम्रो सीमामा शान्ति कायम पुनर्स्थापना गर्न सफल हुनेछौँ।’

अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड कुनै मुलुकप्रति लक्षित नभएको मोदीको भनाइ छ। यो अन्य अन्तर्राष्ट्रिय समूहहरुजस्तै भएको र यसले साझा सकारात्मक एजेन्डामा काम गर्ने उनले बताएका छन्।

पाकिस्तानसम्बन्धी प्रश्नमा उनले नयाँ प्रधानमन्त्रीलाई आफूले बधाई दिएको उल्लेख गरेका छन्। पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल हालिएको विषय भने पाकिस्तानको आन्तरिक मामिला भएको भन्दै उनले टिप्पणी गर्न अस्वीकार गरेका छन्। 

दोस्रो कार्यकालको अन्त्यमा लोकप्रिय सरकारले पनि जनसमर्थन गुमाउने भन्दै आफ्नो सरकार भने त्यसको अपवाद भएको मोदीको दाबी छ। 

‘विश्वमै पछिल्ला केही वर्षमा सरकारप्रति असन्तुष्टि बढेको छ,’ मोदी भन्छन्, ‘भारत भने यसको अपवाद हो, जहाँ हाम्रो सरकारलाई जनसमर्थन बढिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .