ad ad

ग्लोबल


इरानले २ दिनिभत्र इजरायलमा आक्रमण गर्नसक्ने दाबी, भारतसहित ५ देशले जारी गरे ‘ट्राभल एडभाइजरी’

इरानले २ दिनिभत्र इजरायलमा आक्रमण गर्नसक्ने दाबी, भारतसहित ५ देशले जारी गरे ‘ट्राभल एडभाइजरी’

फाइल फाेटाे


नेपालखबर
चैत ३०, २०८० शुक्रबार २०:५, काठमाडौँ

इरान र इजरायलबीच बढ्दो तनावका बीच भारतसहित ५ देशले ट्राभल एडभाइजरी जारी गरेका छन्। जसमा नागरिकलाई इरान र इजरायल नजान आग्रह गरिएको छ। ट्राभल एडभाइजरी जारी गर्ने अन्य मुलुकमा अमेरिका, बेलायत, रुस र फ्रान्स छन्।

भारतले शुक्रबार साँझ ट्राभल एडभाइजरी जारी गर्दै सबै भारतीय नागरिकलाई अर्को सूचना नभएसम्म इरान र इजरायलको यात्रा नगर्न आग्रह गरेको छ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘इरान वा इजरायलमा बस्ने भारतीयले तुरुन्तै त्यहाँको दूतावासमा सम्पर्क गरी आफूलाई दर्ता गराउनुपर्छ। सबैले आफ्नो सुरक्षाको ख्याल राख्नुपर्छ र सकेसम्म कम बाहिर निस्कनुपर्छ।’

यही अप्रिल १ मा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई हमला गरेको थियो। जसमा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो। त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो।

इरानका सर्वोच्च नेतालाई पठाइयो इजरायलमा आक्रमण गर्ने योजना 

अमेरिकी अखबार वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) ले इरानले आगामी दुई दिनमा इजरायलमा आक्रमण गर्न सक्ने दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै डब्ल्यूएसजेले शुक्रबार यो जानकारी दिएको हो।

डब्ल्यूएसजेले प्रतिवेदनमा एक इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणको योजना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीसँग साझा गरिएको बताएको छ। 

यद्यपि अधिकारीले भने यस विषयमा निर्णय भने भइनसकेको बताएका छन्। यसैबीच, इजरायलले आफ्नो उत्तर र पश्चिम दुवै क्षेत्रमा इरानको आक्रमणलाई सामना गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .