ग्लोबल


बाइडेनको दाबी: हाम्रो सहयोगमा इजरायलले इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोन खसाल्यो

बाइडेनको दाबी: हाम्रो सहयोगमा इजरायलले इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोन खसाल्यो

नेपालखबर
बैशाख २, २०८१ आइतबार १२:५७, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको सहयोगमा इजरायलले इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोनलाई खसालेको दाबी गरेका छन्।

बीबीसीका अनुसार बाइडेनले भनेका छन्, ‘हाम्रो फोर्सका सैनिकहरूलाई धन्यवाद। हामीले इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोन खसाल्न इजरायललाई सहयोग गरेका छौँ।’

बाइडेनले इरानको आक्रमणविरुद्ध कडा आलोचना गरेका छन् र इजरायललाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।

बाइडेनले भने, ‘मेरो टोली इजरायलका नेताहरूसँग निरन्तर सम्पर्कमा छ। हामी हाम्रा जनतालाई बचाउन आवश्यक पर्ने हरेक कदम चाल्नेछौँ।’

आइतबार बिहान इरानले इजरायलमा दर्जनाैँ मिसाइल र ड्रोन प्रहार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .