ad ad

ग्लोबल


ज्यादा पर्यटकका कारण दिक्क भएपछि यो सहरले लगायो नयाँ होटल खोल्न प्रतिबन्ध

ज्यादा पर्यटकका कारण दिक्क भएपछि यो सहरले लगायो नयाँ होटल खोल्न प्रतिबन्ध

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १४:५९,

नेदरल्यान्ड्सको आर्म्सटर्डमले पर्यटक संख्या अत्यधिक भएपछि नयाँ होटल निर्माणको अनमति दिन बन्द गरेको छ। त्यहाँको स्थानीय सरकारले बुधबार यस्तो बताएको हो।

‘हामी यो सहरलाई यहाँका बासिन्दा र पर्यटक दुवैका लागि बस्नयोग्य राख्न चाहन्छौँ। त्यसको अर्थ हो– अतिपर्यटन बन्द, नयाँ होटल खोलिने छैन र वर्षदिनमा दुई करोडभन्दा ज्यादा पर्यटकलाई होटलमा राखिने छैन,’ स्थानीय सरकारले वक्तव्यमा भनेको छ।

आर्म्सटर्डममा नयाँ होटल तब मात्रै बनाउन पाइनेछ, जब पुरानो बन्द हुन्छ। यसो गर्दा बेडसंख्या बढ्नु हुँदैन।

तर, यो नियम अनुमति पाइसकेका होटलहरुको हकमा लागू हुने छैन।

यो सहरले पर्यटकको संख्या घटाउन निकै जोड गरिरहेको छ। खासगरी यौन र गाँजासँग सम्बन्धित रेड लाइट डिस्ट्रिक्टका कारण यहाँ वार्षिक करोडौँ पर्यटक आउँछन्।

गत वर्ष नगर परिषदले पर्यटक घटाउनकै लागि क्रुज पानीजहाजलाई प्रतिबन्ध लगाएको थियो।

त्यस्तै, रेडलाइट डिस्ट्रिक्टका सडकमा गाँजा खान र यौनकर्मीका बसेका झ्यालअगाडिबाट गाइडसहितको भ्रमण बन्द गरिएको थियो। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .