भारतीय राज्य पन्जाबको संगरुर जेलमा शुक्रबार साँझ कैदीहरूको एक गिरोहले आक्रमण गर्दा दुई कैदीको मृत्यु भएको छ भने दुई कैदी घाइते भएका छन्।
कारागारका डीआईजी सुरिन्दर सिंह सैनीका अनुसार घाइते कैदीहरूको संगरुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ।
उनले भने, ‘सात बजेतिर कारागारमा कैदी गणना भइरहेको थियो। ‘वार्ड नम्बर ६ बाट १० कैदी बाहिर निस्केर ७ नम्बर वार्डमा र त्यहाँ चार जनालाई धारिलो बस्तुले प्रहार गरे।’
घटना हुनासाथ घाइते चारै कैदीलाई सरकारी अस्पतालमा लगिएको तर २ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको उनले बताए।
घटनाबारे बताउँदै डीआईजी सुरिन्दर सिंह-
VIDEO | Here’s what DIG (Jail) Surinder Singh Saini said on Punjab’s Sangrur jail clash incident.
(Full video available on PTI Videos - https://t.co/dv5TRARJn4) pic.twitter.com/hVAaIVYvN3 — Press Trust of India (@PTI_News) April 20, 2024
Shares

प्रतिक्रिया