ग्लोबल


युक्रेनलाई सहयोग गर्न ६१ अर्ब डलरको राहत प्याकेज अमेरिकी प्रतिनिधि सभाबाट पारित

युक्रेनलाई सहयोग गर्न ६१ अर्ब डलरको राहत प्याकेज अमेरिकी प्रतिनिधि सभाबाट पारित

अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सन


नेपालखबर
बैशाख ९, २०८१ आइतबार ७:३८, काठमाडौँ

युक्रेनलाई सहयोग गर्न अमेरिकी प्रतिनिधि सभाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेको छ।

युक्रेनलाई सहयोग गर्ने प्रस्तावका पक्षमा ३११ मत पर्‍यो भने विपक्षमा ११२ मत मात्र। 

अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ। अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ।

यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनको रूपमा मान्यता दिनेछन्।

बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौँको ज्यान जोगाउन सकिने दाबी गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकामा खुसी व्यक्त गरेका छन्।

यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ। 

गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .