ad ad

ग्लोबल


टेन डाउनिङ स्ट्रिटबाट पहिलोपटक नेपाली समुदायलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनक

टेन डाउनिङ स्ट्रिटबाट पहिलोपटक नेपाली समुदायलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनक

नेपालखबर
जेठ ६, २०८१ आइतबार १७:१, लन्डन

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायलाई सम्बोधन गर्ने भएका छन्। 

नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्षगाँठकोे अवसरमा लन्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटबाट सो सम्बोधन हुनलागेको हो । 

बेलायत नेपालको पहिलो द्विपक्षीय सम्बन्ध भएको मुलुक हो। विगतमा बेलायती प्रधानमन्त्रीहरुले नेपालीहरुलाई सामूहिक रुपमा भेटघाट मात्रै गर्ने गर्थ्यो। तर यसपटक नेपाली समुदायलाई नै बेलायती प्रधानमन्त्रीले पहिलोपटक सम्बोधन गर्ने भएकोले सो सम्बोधनलाई विशेष रुपमा हेरिएको छ। 

सो समारोहमा बेलायतको नेपाली समुदायबाट प्रतिनिधिमूलक रुपमा करिब १२० जनाको सहभागिता रहने र नेपालसँग निकट रहेका करिब दुई दर्जन बेलायतीहरु पनि सहभागी हुने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जनाएकी छिन्।

नेपाली समुदायललाई नै आफनो निवासबाट सम्बोधन गर्ने कुरा ऐतिहासिक भएकोमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालले खुसी व्यक्त गरिन्। 

‘दुई देशबीच झण्डै २०८ वर्ष लामो ऐतिहासिक सम्बन्ध रहँदै आएको छ र मैत्री सन्धिको एकसय वर्षगाँठ एउटा ऐतिहासिक कार्यक्रम हो’, उनले भनिन्।

बेलायत र नेपालबीच द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्षगाँठ मनाउने उद्देश्यले कार्यक्रम तय भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .