ad ad

ग्लोबल


इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका

फाइल फाेटाे : इरानका राष्ट्रपति इब्राहिम रायसी


नेपालखबर
जेठ ६, २०८१ आइतबार २०:२२, काठमाडौँ

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ। 

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अहिलेसम्म यसको एकिन जानकारी दिन सकेका छैनन्।

कसैले इरानी राष्ट्रपति सवार हेलिकप्टर कडा अवतरण गरेको लेखेका छन् भने कसैले सम्पर्कविहीन भएको भनेका छन्। 

कतिले कडा अवतरण गरेको हेलिकप्टरमा उनी थिए वा थिएनन् भन्ने पनि प्रस्ट भइनसकेको जनाएका छन्। 

बीबीसीले भने इरानी मिडियालाई उधृत गर्दै राष्ट्रपति रायसी सवार हेलिकप्टर पूर्वी अजरबैजानमा नराम्ररी अवतरण गरेको खबर आएपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको जनाएको छ। 

तर घटनाको आधिकारिक पुष्टि भइसकेको छैन भने के भएको हो भन्ने विरोधाभासपूर्ण रिपोर्ट आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .