यो चुनाव सत्तारुढ भाजपाका लागि सोचेजस्तो भएन। पार्टीले एकल बहुमत गुमाउँदै थुप्रै मन्त्री र राज्यमन्त्रीहरुले चुनाव हारे।
प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटका यी सदस्य चुनावमा पराजित भएः
स्मृति इरानी
यसपटक चुनाव हार्ने सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् स्मृति इरानी। महिलामन्त्री उनले अमेठीमा चुनाव हारिन्।
२०१९ मा राहुल गान्धीलाई हराएर चर्चामा आएकी उनी कंग्रेसकै किशोरीलाल शर्मासँग १ लाख ६७ हजार मतान्तरले हारिन्।
यससँगै छोटो समयका लागि भाजपाको किल्ला मानिएको अमेठीमा एक युगको अन्त्य भएको छ। धेरैले उनमा अहंकार ज्यादा चढेको आरोप लगाएका छन्।
अर्जुन मुन्डा
अजय मिश्र टेनी
गृहराज्यमन्त्री टेनी लखिमपुर खेरीमा चुनाव हारे। उनलाई समाजवादी पार्टीका उत्कर्ष शर्माले ३४ हजार मतान्तरले पराजित गरे।
उनी तिनै मन्त्री हुन्, जसको गाडीले २०२१ मा आन्दोलनरत किसानहरुलाई किचेको थियो। अजयका छोरा सो घटनाका मुख्य आरोपित थिए। जो अहिले जमानतमा छन्।
कैलाश चौधरी
कृषि राज्यमन्त्री चौधरी राजस्थानका बारमर क्षेत्रमा हारे। उनी दोस्रो पनि भएनन्। कंग्रेसका उम्मेद राम बेनीवालभन्दा साढे ४ लाख मत पछाडि परेका उनी तेस्रो स्थानमा रहे।
राजीव चन्द्रशेखर
सूचना प्रविधि राज्यम चन्द्रशेखर केरलाको त्रिवन्दनपुरममा पराजित भएका हुन्। उनलाई कंग्रेस नेता शशी थरुरले १६ हजार मतान्तरले पारजित गरे।
त्यस्तै ठूला उद्योगमन्त्री महेन्द्रनाथ पाण्डे उत्तर प्रदेशको चन्दौली सिटमा पराजित भए।
सहरी मामिला राज्यमन्त्री कौशल किशोर मोहनलालगञ्जमा पराजित भए। उनलाई समाजवादीका आरके चौधरीले ७० हजार मतान्तरले हराए।
उपभोक्ता मामिला राज्यमन्त्री साध्वी निरञ्जन ज्योति पनि उत्तर प्रदेशकै फतेहपुरमा हारिन्।
रेल राज्यमन्त्री राव साहेक दान्वे महाराष्ट्रको जलना सिटमा हारे।
उर्जामन्त्री आरके सिंह भाकपामा मार्क्सवादी लेनिनवादीका सुदामा प्रसादसँग बिहारको अराहमा पराजित भए।
केन्द्रीय मन्त्री सञ्जीव बल्यान मुजफ्फरनगरमा पराजित भए। उनलाई समाजवादीका हरेन्द्र सिंह मलिकले हराए।
विदेश राज्यमन्त्री भी मुरलीधरण पनि केरलामा हार्न पुगे।
त्यस्तै, पशुपालन राज्यमन्त्री एल मुरुगन पनि तमिलनाडुको नीलगिरमा झण्डै अढाइ लाख मतान्तरले पराजित भए।
Shares

प्रतिक्रिया