ग्लोबल


बेलायतले नदिएपछि यूएई, साउदी अरब र फिनल्यान्डमा शरण खोज्दै हसिना

बेलायतले नदिएपछि यूएई, साउदी अरब र फिनल्यान्डमा शरण खोज्दै हसिना

नेपालखबर
साउन २३, २०८१ बुधबार १७:२६,

बंगलादेशबाट भागेर भारत पुगेको दुई दिन बितिसक्दा पनि शेख हसिनाले कहाँ शरण लिन्छिन्, स्पष्ट छैन। उनको लागि अहिलेलाई बेलायत र अमेरिकाको ढोका बन्द भइसकेको संकेत देखिएको छ।

हसिनाले बेलायतमा राजनीतिक शरण नपाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ। त्यसैले उनी अहिले अन्य विकल्पको खोजीमा छिन्।

हसिनाले यूएई, साउदी अरब र फिनल्यान्डमा शरणका लागि कोसिस गरिरहेको बताइएको छ।

तर, उनका छोरा सजीव वाजेद जोयले भने हसिनाले कहीँ पनि शरण नखोजेको दाबी गरेका छन्। 

उनले हसिना आफ्नो परिवारका सदस्यहरू रहेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारत यात्रा गर्नसक्ने बताएका छन्।

जोयले आफू वासिङ्टनमा, सानीमा लन्डनमा र दिदी दिल्लीमा बस्ने गरेको बताए।

अमेरिकाले भने उनको भिसा रद्द गरिदिएको खबर छ। 

मंगलबार हसिना अझै केही दिन भारतमा रहनसक्ने खबर बाहिरिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad