वाटरगेट काण्ड पर्दाफास गर्ने प्रख्यात् पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसका राष्ट्रपति पुटिनलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन्।
बीबीसीका अनुसार ट्रम्पको चुनावी अभियानले भने यो आरोपलाई अस्वीकार गरेको छ।
अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ।
डोनाल्ड ट्रम्पको चुनावी अभियानले भने यसलाई ‘मनगढन्ते कथा’ भनी टिप्पणी गरेको छ।
555
Shares

प्रतिक्रिया