माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि भन्दै ५० मन्त्रीसहित २२८ राजनीतिक नियुक्ति कटौती गर्ने भएका छन्।
मंगलबार उनले १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएका २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका हुन्।
उनका अनुसार यसमा ७ राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक छन्।
राष्ट्रपति मुइज्जुले एक्समा लेखेका छन्, ‘यसले सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत हुनेछ।’
— Dr Mohamed Muizzu (@MMuizzu) October 15, 2024As part of the Economic Reform Agenda, as a direct cost cut down measure, I have today instructed to remove 228 political appointees from various government ministries within the next 15 days. This includes 7 State Ministers, 43 Deputy Ministers, 109 Senior Political Directors…
हालै विश्व बैंकले माल्दिभ्सले आर्थिक क्षेत्रमा धेरै चुनौती सामना गरिरहेको र तत्काल व्यापक आर्थिक सुधार कार्यान्वयन आवश्यक रहेको जनाएको छ।
राष्ट्रपति चुनावका क्रममा मोइज्जुले राजनीतिक नियुक्तिलाई ७०० मा सीमित गर्ने वाचा गरेका थिए।
तर राष्ट्रपचि भएपछि दुई हजारभन्दा बढी राजनीतिक नियुक्ति गरिएको विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) को आरोप छ।
Shares

प्रतिक्रिया