नेपालीहरूको महान पर्व बडादसैँ बिदाइको क्रममा छ। दसैँ मनाउन बिदा लिएर गाउँ घर गएकाहरू कर्मथलो फर्किरहेका छन्।
लामो बिदापछि सरकार कार्यालयहरू पनि खुल्न थालेका छन्। केही दिन सुनसान बनेका सहरका सडक र व्यवसाय फेरि व्यस्त बन्न थालेका छन्।
जनजीवन पुन: आफ्नै लयमा फर्किरहेको छ।
यही क्रममा विमानस्थलमा विदेशिने नेपालीको लामसमेत बढेको छ। विदेश जाने भाका दसैँपछि सारेका नेपालीहरू गह्रुङ्गो मन बनाएर विमानस्थलबाट आफन्तसँग बिदा मागिरहेका छन्।
मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विदेशिने नेपालीको भावुक अवस्था देखिन्थ्यो।
पछिल्लो समय नेपालीहरू वैदेशिक रोजगार वा अध्ययनको शिलशिलामा विदेशिने क्रम बढिरहेको छ। आफ्ना प्रियजनलाई छोडेर लामो समयका लागि समुन्द्रपारको यात्रा गर्नु कठिन कुरा हो।
अझ चाडपर्व लगत्तै आफन्तसँग बिदा मागेर मनमा गाँठो पार्दै विदेशिरहेका नेपालीहरूको अवस्था विमानस्थलका यी दृश्यले देखाउँछन्।





















Shares

प्रतिक्रिया