सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन्।
आफूलाई प्रहरीले काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको सिवाकोटीले बताएका छन्।
लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खान, लक्ष्मण श्रेष्ठ, गीता चमार, ललिता थारु, बानी चमार र विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
‘त्यहाँ धर्ना दिइरहेका रहेछन्। म पनि साँझतिर पुगेको थिएँ। उनीहरुलाई पक्राउ गर्दा प्रहरीले मलाई पनि भ्यानमा हालेर मालीगाउँ वृतमा ल्याएको छ’ सिवाकोटीले नेपालखबरसँग भने।
काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले यसबारे आफूलाई पनि जानकारी आएको र के भएको रहेछ भनेर बुझिरहेको बताए।
3.1k
Shares

प्रतिक्रिया