समाज


आज पनि अवरुद्ध छन् यी ११ सडक

आज पनि अवरुद्ध छन् यी ११ सडक

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८३ शनिबार ८:२०, काठमाडौँ

अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। 

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ११ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो।

प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

त्यसैगरी इलाममा मेची राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाघु रामेछाप सडक, रसुवामा पासाडल्यामु र त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक, बाग्लुडमा कालीगण्डकी करिडोर, रोल्पामा घोराही थबाङ सडक, रुकुम पश्चिममा भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। 

त्यसैगरी भोजपुरमा मध्यपहाडी लोकमार्ग र खोटाङमा पनि मध्यपहाडी लोकमार्ग बाढी पहिरोको कारण एकतर्फी भएका प्रहरीले जनाएको छ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad