पाँचबुँदे माग राख्दै डा. गोविन्द केसी कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेको आज (शनिबार) तेस्रो दिन भएको छ।
उनको टोलीले स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी दिएको छ।
आज बिहान जारी स्वास्थ्य अपडेटअनुसार केसीको ब्लड सुगर हिजो राति ५६एजी/डीएल रहेकामा आज बिहान ५०एमजी/डीएल छ।
यस्तै ब्लड प्रेसर उतारचढाव भइरहेको छ भने मांसपेशी बाउँडिने समस्या देखिएको छ।
बोल्न पनि असहज महसुस गरिरहेका डा केसीलाई खुट्टाको अपरेसन गरेका कारण हिँडडुल गर्न कठिन कठिन भइरहेको छ।
बाथरूम जानसमेत समस्या भइरहेको उनको टोलीले जनाएको छ।
सेती प्रादेशिक अस्पतालका फिजिसिएन डा जगेन्द्र दुवालको नेतृत्वको टोलीले उनको स्वास्थ्य चेकजाँच गरिरहेको छ।
45
Shares

प्रतिक्रिया