ग्लोबल


सी र मोदीबीच बुधबार कजानमा द्विपक्षीय वार्ता हुने

सी र मोदीबीच बुधबार कजानमा द्विपक्षीय वार्ता हुने

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार २२:३१,

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजान सहरमा बुधबार द्विपक्षीय वार्ता हुने भएको छ।

यी दुई नेताबीच ब्रिक्स सम्मेलनको साइडलाइनमा द्विपक्षीय वार्ता हुन लागेको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ब्रिक्स सम्मेलनको साइडलाइनमा भोलि द्विपक्षीय बैठक हुने पुष्टि म गर्न सक्छु,’ भारतीय विदेशसचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भने।

लद्दाखमा सीमासम्बन्धी वार्तामा ‘ब्रेकथ्रु’ भएको केही दिनमै यी दुई छिमेकीबीच शीर्ष तहमा संवाद हुन लागेको हो।

यससँगै चार वर्षदेखि सीमामा रहेको सैन्य तनाव अन्त्य हुने अपेक्षा गरिएको छ। 

२०२० मा गलवान उपत्यकामा हिंसात्मक झडप भएपछि यी दुई देशबीचको सम्बन्ध तिक्त बनेको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad