ग्लोबल


बम्बई उच्च अदालतबाट भारतीय अन्डरवर्ल्ड डन छोटा राजनलाई जमानत

बम्बई उच्च अदालतबाट भारतीय अन्डरवर्ल्ड डन छोटा राजनलाई जमानत

फाइल तस्बिर : छोटा राजन


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १३:३३, काठमाडौँ

भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनलाई जमानत (धरौटीमा रिहाको आदेश) दिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो।

लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्या मुद्दामा छोटा राजनले जमानत पाएका हुन्। यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ।

छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा पनि सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ।

२०१८ मा मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य दोषी छोटा राजनसहित सबै नौ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे। ‘जे डे’ नामबाट लेख्ने ज्योतिर्मयलाई ११ जुन २०११ मा मुम्बईको उपनगर पवईमा गोली हानी मारिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad