ग्लोबल


केरलामा पटाका पड्काउँदा १५० जना घाइते, ८ को अवस्था गम्भीर

केरलामा पटाका पड्काउँदा १५० जना घाइते,  ८ को अवस्था गम्भीर

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ११:१७, काठमाडौँ

भारतीय राज्य केरलाको कासारगोडस्थित अञ्जुथम्बलम मन्दिरमा पटाका पड्काउँदा १५० जना घाइते भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको यस दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो।

घाइतेहरूलाई कासारगोड, कन्नुर र मङ्गलुरुका विभिन्न अस्पतालमा लगिएको छ।

कासारगोडका कांग्रेस सांसद राजमोहन उन्निथनले भनेका छन्, ‘कासारगोडबाट एउटा दुःखद खबर सुनिएको छ, यस घटनामा घाइते भएका १५४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।’

उनले प्रहरी सचेत नहुँदा उक्त दुर्घटना भएको आरोप पनि लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad