ग्लोबल


अमेरिका र इरान तनाव कम गर्न र ‘पछि हट्न’ सहमत भएको दाबी

अमेरिका र इरान तनाव कम गर्न र ‘पछि हट्न’ सहमत भएको दाबी

स्ट्रेट अफ हर्मुज


नेपालखबर
असार १५, २०८३ सोमबार ११:३१, काठमाडौँ

हालैका दिनमा फेरि हानाहान सुरु गरेका इरान र अमेरिका तनाव कम गर्न र ‘पछि हट्न’ सहमत भएको दाबी गरिएको छ।

एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिका र इरान फेरि युद्ध रोक्न सहमत भएको उल्लेख गरेको हो।

अमेरिका र इरानबिच शान्ति सम्झौतामा हस्ताक्षर भए पनि हर्मुज स्ट्रेट र आसपास दुवैतर्फबाट धेरै आक्रमण भएका थिए र दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।

एक अमेरिकी अधिकारीले सीबीएस न्युजसँग भनेका छन्, ‘अब जहाजहरू यो समुद्री मार्गबाट स्वतन्त्र रूपमा यात्रा गर्न सक्नेछन्। र, युद्ध अन्त्यका लागि वार्ता पनि जारी रहनेछ।’

ती अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन्।

तर अमेरिकाका अर्का दुई अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मंगलबार कतारमा पुन: सुरु हुनेछ।

सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै लेखेको छ। दुवै पक्ष ‘अहिलेका लागि हमला रोक्न’ र मंगलबार दोहामा थप वार्ता गर्न सहमत भएको उल्लेख छ।

तर इरानले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यही जुन १७ मा अमेरिका र इरानले १४-बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै सबै मोर्चामा युद्ध रोक्ने सहमति गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad