ग्लोबल


जर्मनीको स्टेड सहरमा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

जर्मनीको स्टेड सहरमा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

नेपालखबर
असार १५, २०८३ सोमबार १९:२३, काठमाडौँ

सोमबार जर्मनीको उत्तरी सहर स्टेडमा गोली प्रहारबाट पाँच जना मारिएका छन्।

प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरिएको छ, जसमध्ये एक जनालाई सन्दिग्ध मानिएको छ।

प्रहरीले हाल आम जनतालाई कुनै खतरा नभएको बताएको छ। घटनापछि उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी र आपतकालीन सेवाका कर्मचारी तैनाथ गरिएको छ।

प्रशासनले सावधानीका रूपमा घटनास्थल र वरपरका क्षेत्रबाट टाढा रहन सामाजिक सञ्जालमार्फत जनतालाई अपिल गरेको छ।

स्टेडको जनसंख्या लगभग ५०,००० छ। यो शहर जर्मनीको ह्याम्बर्गको पश्चिममा अवस्थित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad