दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको जनाएको छ ।
उत्तर कोरियाले यस्तो समयमा क्षेप्यास्त्र प्रहार गरेको हो जतिबेला दक्षिण कोरियासँगको सम्बन्धमा तनाव बढ्दै गएको छ।
उत्तर कोरियाले स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ।
यसअघि बुधबार नै दक्षिण कोरियाले नोभेम्बर ५ मा हुने अमेरिकी चुनावअघि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्न सक्ने चेतावनी दिएको थियो।
गत वर्ष डिसेम्बरमा पनि उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध बेवास्ता गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।
जापानले उत्तर कोरियाले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहारको निगरानी गरिरहेको र उक्त क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहान ८ः४० बजे समुद्रमा खसेको अनुमान गरिएको बताएको छ।
Shares

प्रतिक्रिया