ग्लोबल


डोनाल्ड ट्रम्पको दाबी- कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुनेछ

डोनाल्ड ट्रम्पको दाबी- कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुनेछ

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ९:५, काठमाडौँ

अमेरिकी राष्ट्रपतीय चुनावका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुने दाबी गरेका छन्। 

बीबीसीका अनुसार आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘यदि उन (कमल ह्यारिस) ले जितिन् भने तेस्रो विश्वयुद्ध हुनेछ र लाखौँ मानिस मर्नेछन्।’

यस क्रममा ट्रम्पले कमला ह्यारिस अमेरिकाको राष्ट्रपति बन्न अयोग्य रहेको दाबी पनि गरे।

उनले भने, ‘सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन्। कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनलाई विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैनन्।’

ट्रम्पले ह्यारिस अमेरिकाको राष्ट्रपति बनिन् भने उनले लाखौँ मानिसलाई तेस्रो विश्वयुद्धमा धकेल्ने आरोप लगाए। 

यसअघि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पले देशमा विभाजन ल्याउन खोजेको आरोप लगाएकी थिइन्। 

ह्यारिसले भनिन्, ‘तर अहिले धेरै मानिस यी सबै कुराबाट थाकेका छन्। उनीहरू एकअर्कामा औँला उठाउन चाहँदैनन् बरु हात मिलाउन चाहन्छन्।’

आउने नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति चुन्ने चुनाव हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad