सुदूरपश्चिम


झाडीभित्र लुकेर तास खेलिरहेका बेला पक्राउ, २३ जनाबाट सवा ५ लाख नगद बरामद

झाडीभित्र लुकेर तास खेलिरहेका बेला पक्राउ, २३ जनाबाट सवा ५ लाख नगद बरामद

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ९:१५, कञ्चनपुर

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा झाडीभित्र तास खेलिरहेका बेला १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट ४ लाख ७४ हजार ९८ र १४ गड्डी तास बरामद भएको छ।

यस्तै, वेदकोट नगरपालिका-७ सुडामा तास खेलिरहेका ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

न्यु हाइवे वाइन्स एन्ड क्याफेमा तास खेलिरहेका बेला पक्राउ परेका उनीहरूका साथबाट २६ हजार २५० बरामद भएको प्रहरीले जनाएको छ। 

दोधारा चाँदनी नगरपालिका-१ भूमिराज टोलमा पनि तास खेलिरहेका ६ जना पक्राउ परेका छन्।

उनीहरूका साथबाट २५ हजार १ सय ७५ रुपैयाँ र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad