सुदूरपश्चिम


बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

नेपालखबर
असार ५, २०८३ शुक्रबार २०:२, कन्चनपुर

बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा बुधबार साँझ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार साँझ धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटनामा परेको हो। 

 दुर्घटनामा बस चालकसहित १२ जना सवार रहेका थिए।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

घाइतेमध्ये केहीको टाउको, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशव सिंह महरालाई प्रहरीको नियन्त्रण लिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad