सुदूरपश्चिम


रास्वपा कैलालीको अधिवेशन बदर

रास्वपा कैलालीको अधिवेशन बदर

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसी।


नेपालखबर
जेठ ३१, २०८३ आइतबार १४:२३, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणाम बदर गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगको आज (आइतबार) बसेको बैठकले सो अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरु पालना नभएको पुष्टि भएको भन्दै सम्पूर्ण निर्वाचन प्रक्रिया बदर गर्ने निर्णय गरेको हो। ‘पार्टीको विधान, निर्वाचन कार्यविधि र आन्तरिक लोकतन्त्रको रक्षार्थ, केन्द्रीय निर्वाचन आयोगको आज बसेको बैठकले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणामहरुलाई पूर्णरूपमा बदर/रद्द गर्ने निर्णय गरेको छ,’ पत्रमा भनिएको छ। 

आयोग प्रमुख भुवन केसीले अधिवेशन रद्द भएको भन्दै जिल्लामा पत्राचार गरेका छन्।

निर्वाचन प्रक्रियामा आधारभूत विधि र प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनअघि नै अध्यक्षका उम्मेदवार हरि रेग्मी र महेश चौधरीले मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै बहिष्कार गरेका थिए।

मध्यराति मतदान गराएर निर्वाचन परिणाम घोषणा गरिएको थियो। उक्त परिणामअनुसार जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका थिए।

आयोगका अनुसार कैलालीमा पुनः निर्वाचनका लागि छिट्टै नयाँ कार्यतालिका र केन्द्रीय प्रतिनिधि टोली खटाइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad