सुदूरपश्चिम


विवादकैबीच रास्वपा कैलालीको नेतृत्व चयन

विवादकैबीच रास्वपा कैलालीको नेतृत्व चयन

नेपालखबर
जेठ २५, २०८३ सोमबार १४:४६, कञ्चनपुर

विवादकै बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको नेतृत्व चयन गरिएको छ। सभापतिका अन्य दुई उम्मेदवारले असहमति जनाउँदै चुनाव बहिष्कार गरे पनि मतदान प्रक्रिया अघि बढाएर नेतृत्व छानिएको हो।

रास्वपा कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका छन्। उनले ३३५ मत पाएका थिए। प्रतिस्पर्धीहरू महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरे।

उम्मेदवार चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक तथा मतदाता नामावलीमा धाँधली भएको भन्दै चुनाव बहिष्कार गरेका थिए। लिखित असहमति दर्ज गराएर उनीहरू निस्किएपछि मतदान प्रक्रिया अघि बढाइएको थियो।

एकलौटी गरेको भन्दै मतदान बहिष्कार गरेका उनीहरूले रास्वपा केन्द्रीय कमिटी, केन्द्रीय निर्वाचन समिति र अनुशासन विभागमा निवेदन दिएका छन्।

पहिलो अधिवेशनबाट उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन्। उनले १५२ मत ल्याएका थिए।

सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन्। कुल ५०८ मतदाता रहेकोमा ३३५ मत खसेको थियो।

सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दिपक बिक, नरदिपबहादुर धामी विजयी भएका छन्।

यस्तै कैलाली १ को निर्वाचन क्षेत्र सदस्यमा टंकप्रसाद जैशी ढुंगाना, २ को कृष्णबहादुर बिष्ट, ३ को बासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।

कञ्चनपुर सभापतिमा बिष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट निर्वाचित भएका छन्। नेतृत्वमा आंकाक्षीबीच सहमति नजुटेपछि निर्वाचनबाट जिल्ला कार्यसमिति चयन गरिएको हो।

सभापतिमा बिष्टले १ सय ९७ मत ल्याएका थिए। उनी दोस्रो कार्यकाल सभापति बनेका हुन्।

सभापतिका अर्का उम्मेदवार नवीन चन्दले ६१ मत मात्र ल्याए। यसै गरी सचिवमा राकेशबहादुर चन्द निर्वाचित भएका छन्।

चन्दले १ सय ९५ मत ल्याए भने सचिवका अर्का उम्मेदवार रामदत्त भट्टले ५५ मत ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad